दोस्रो लिस्तिकोट माउन्टेन रेस हुने

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

सेना दिवसको अवसरमा २१ फागुनमा दोस्रो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल दौड हुने भएको छ । सिन्धुपलान्चोक जिल्लाकै ऐतिहासिक स्थलका रूपमा रहेको लिस्तिकोटमा आयोजना हुने दौड २४.५ किमि रहेको आयोजकले जनाएको छ ।

नेपाल र तिब्बतबीचको लडाइँको क्रममा लिस्तमाई मन्दिर र दुगुनागढी मार्गका रूपमा रहेको थियो । प्रतियोगिता सुरु भोटेकोसी गाउँपालिकाको वडा नम्बर ३ बाट सुरु हुनेछ । यसको समापन दुगुनागढीमा हुने आयोजकले जनाएको छ । 

सुझावित समाचार