लखन थापाको स्मृतिमा आज सहिद लखन गाउँपालिकामा बिदा

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ। नेपालका प्रथम सहिद लखन थापाको १४५औँ स्मृति दिवसको अवसरमा आज फागुन २ गते बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले जानकारी दिए।

जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण वि.सं. १९३३ फागुन २ गते हालको सहिद लखन गाउँपालिका बुङकोट– ७ काहुलेभंगारमा झुन्ड्याएर लखन थापाको हत्या भएको थियो।  उनीसँगै सहादत प्राप्त गरेका अन्य अग्रणी ६ सहिदहरूको स्मृति दिवसको  अवसरमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत आलेले  बताए।

आज (सोमबार) गाउँपालिका, वडालगायत सबै काम बन्द हुनेछ भने स्मृति दिवसको अवसरमा काहुलेभंगारमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। गाउँपालिकाले लखन थापाको अर्धकदको सालिक, पार्क, कुण्ड पनि निर्माण गरेको छ।

सुझावित समाचार