जिप र्‍यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । कम्पनीले जिप ग्लेडियटरको आइकनिक र्यांग्लरमा आधारित रहेको र ‘गो एनिह्वेयर, डू एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन–एयर फ्रिडम’ रहेको गाडी बजारमा ल्याएको हो ।

एमएडब्लू लाइफले यसअघि आफ्नो ‘सिबियू लाइनअप’मा ‘टू डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्यांग्लर उपलब्ध गराउँदै आएको थियो । यसले नेपालमा ग्लेडियटरको ३६ लिटरको पेन्टास्टार पेट्रोल इन्जिन भएको ओभरल्यान्ड ट्रिम ल्याएको जनाएको छ । यसले  २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ । यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक–ट्र्याक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ले दिने जनाइएको छ ।

यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टू–स्पिड ट्रान्सफर केस अफर’ गर्ने कम्पनीले जनाएको छ । भी–६ इन्जिनलाई ‘लो–एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएकाले ‘अफरोडिङ’का लागि आवश्यक रहेको कम्पनीको दाबी छ । ग्लेडियटरको ‘टोविङ’ क्षमता दुई हजार सात सय २१ केजी रहेको छ । जिप ग्लेडियटरलाई ‘क्यापेबल कार्गो क्यारियर’बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेहिकल’मा सजिलैसँग परिणत गर्न सकिने कम्पनीले जनाएको छ ।

सुझावित समाचार