खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने भितगौँडाको काम सुरु

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने सडकअन्तर्गत भितगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ। ०७६ असोजमा सम्झौता भएको यस सडकको चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो।

लामो समयदेखि विस्फोटक पदार्थ अभावले भितगौँडाको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए। चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएको उनले बताए। मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएको ऐडीले नयाँ पत्रिकासँग भने।

उनका अनुसार भितगौँडाको कडा चट्टानी भाग अबको दुई–तीन महिनाभित्रै छिचोलेर सकिनेछ। यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको उनले बताए। चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ।

सुझावित समाचार