एपोलो पेन्ट्सको ब्रान्ड एम्बासडरमा हमाल

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

एपोलो पेन्ट्स प्रालिले नेपाली चलचित्र कलाकार राजेश हमाललाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । कम्पनीले ‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने नाराका साथ हमाललाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । 

कम्पनीले उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्रान्ड बनाउने उद्देश्यले कलाकार हमाललाई ब्रान्ड एम्बासडर बनाइएको कम्पनीले जनाएको छ । चितवनको भरतपुरमा रहेको उद्योगले १८ वर्षदेखि अनवरत रूपमा नेपाली उपभोक्ताको मागबमोजिम इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरिरहेको कम्पनीको भनाइ छ । उद्योगले आधुनिक घरहरूलाई सुहाउँदो तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय गुणस्तरको रङ उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरी नेपाली पन्ेट्समध्येको अग्रणी स्थानमा रहन सफल भएको दाबी गरेको छ । 

कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्दश्ेयका साथ कम्पनी स्थापना गरिएको जनाइएको छ । यसको बजार हिस्सा ८–१० प्रतिशत रहेको अनुमान गरेको कम्पनीको भनाइ छ । विभिन्न ग्रेडका तथा हजारौँ कलर सेट, आधुनिक मेसिनमार्फत उत्पादन गरी बिक्री–वितरण गर्दै आएकाले र प्रकृतिमैत्री, हेल्दी, लिड फ्री रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार