कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

कोरियाली गाडी कम्पनी कियाको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभी नेपालमा सार्वजनिक भएको छ । कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत सात सिट क्षमताको हाइब्रिड एसयुभी नेपाली बजारमा ल्याएको हो । 

१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी भएको कम्पनीको दाबी छ ।  यसमा सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।  

यसमा १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेकाले स्क्रिनलाई धेरै उन्नत बनाएको कम्पनीको दाबी छ । ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजीले उपकरण क्लस्टरमा छेउछाउको लेनको लाइभ भिडियो दृश्य प्रोजेक्ट गर्ने र टर्न सिग्नलहरू प्रयोग गर्दा सक्रिय हुने कम्पनीको भनाइ छ । मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटहरू सोरेन्टोलाई विलासी एसयुभीमध्ये एक बनाउने विशेषता रहेको जनाइएको छ । 

सोरेन्टो हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार