सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए।
हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनको भनाइ छ। उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ।
मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ। ‘यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सीधै सम्झौता गरी खरिद गर्न सकिनेछ,’ उनले भने, ‘सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ।‘
यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ रहेको छ। ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्यावश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ। रासस
औषधि पर्याप्त छ : स्वास्थ्य मन्त्रालय
चार सहसचिव सचिवमा बढुवा
२ हप्ता अघि
सुझावित समाचार
बिचौलिया इनाम सापकोटाको मोबाइलमा भेटिएका गोप्य सन्देश, जसले एआइजी दाहालको निलम्बन भयो
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट इनाम सापकोटाको मोबाइलमा भेटिएका केही गोप्य सन्देशपछि सरकारले…
दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराधको अर्काे मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय माग
काठमाडौं/ व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी अर्काे मुद्दा दायर भएको छ। जिल्ला अदालत, काठमाडौंमा सोमबा…
सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल निलम्बित
काठमाडौं- सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाललाई सरकारले निलम्बन गरेक…
लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक छ
काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको संघर्षबाट अभिव्यक्ति स्वतन्त्रता पाएको उल्लेख गर्दै प्रधानमन्त्री ब…
जेन-जी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृहमा पठाउने निर्णय
काठमाडौं/ सरकारले जेन-जी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको …
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौं । असोज ९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएकाे छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरे…