हिमालयन क्यापिटलको दुई लगानी व्यवस्थापन योजना

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूलाई दुईवटा लगानी व्यवस्थापन सेवासम्बन्धी योजना सुरु गरेको छ । कम्पनीले पुँजी बजारको नवीन अभ्यासका रूपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजना विकास गरेको हो । 

हिमालयन ‘अल्फा’ योजनामा क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने कम्पनीले जनाएको छ । त्यस्तै, हिमालयन ‘सिग्मा’ योजनामा क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने जनाइएको छ ।

सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क अर्थात् पर्फर्मेन्स फी लाग्ने उल्लेख गरेको छ । क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने क्यापिटलले जनाएको छ । 

सुझावित समाचार