नेकपा एमाले संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे र सचिवमा खड्गबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पुरानै कार्यसमितिमा रहेका अध्यक्ष घिमिरे र राई सर्वसम्मत चुनिएका हुन् ।
एमालेको जिल्ला कमिटीमा उपाध्यक्ष कृष्ण तामाङ, उपसचिवमा ओङ्दावी भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।सोमबार ८औँ जिल्ला अधिवेशन नेकपा एमाले पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीद्वारा उद्घाटन भएको थियो । एमालेको बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।