माघे संक्रान्तिका लागि चाकु र तरुलको व्यापार बढ्यो (भिडियोसहित)

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्वका लागि तरुल र चाकुको व्यापार  बढेको छ ।

माघेसंक्रान्तिलाई लक्षित गरेर चाकु व्यवसायीहरू यतिवेला चाकु बनाउन व्यस्त छन् । उत्पादनसँगै व्यापारमा समेत तीव्रता आएको छ । मुख्यत: काठमाडौंको टोखा र पाटनलगायतका क्षेत्रमा यसको उत्पादन र व्यापार  बढी हुने गर्दछ । मागअनुसार उत्पादन गर्न नसकेको व्यापारी बताउँछन् ।

चाकुसँगै तरुलको व्यापार  पनि बढेको व्यवसायीको भनाइ छ । व्यापार बढे पनि मूल्य भने बढ्न नसकेको उनीहरूको गुनासो छ । 

सुझावित समाचार