आइएमएस सफ्टवयर र फोकस वान पेमेन्ट सोलुसनले मोको डिजिटल वालेटलाई आइएमएस सफ्टवयरको उपभोक्ता सप्mटवेयरसँग एकीकृत गर्ने सम्झौता भएको छ । भुक्तानी संघका प्रयोगकर्ताले आइएमएस सफ्टवयरद्वारा उत्पन्न गरिएको डाइनामिक क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौतामा आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेको जनाइएको छ । आइएमएस सफ्टवयरले आफ्नो सफ्टवयर समाधानमा सात डिजिटल भुक्तानी प्लेटफर्म एकीकृत गरिसकेको कम्पनीले जनाएको छ । सम्झौता सरकारी कर्तव्य र राष्ट्रिय विकासको सन्दर्भमा एक–अर्काको कर्तव्य र कार्यलाई पूरक बनाउन आपसी प्रतिबद्धताको रूप रहेको जनाइएको छ ।
आइएमएस सफ्टवयर र मोको डिजिटल वालेटबीचको यो सहकार्यले कार्डलेस कारोबारलाई प्रवद्र्धन गर्दै डिजिटल नेपाललाई क्रान्तिकारी बनाउने एक कदमको रूपमा काम गर्ने जनाइएको छ ।