कठ्यांग्रिँदो चिसोले रौतहटको जनजीवन कष्टकर (तस्बिरसहित)

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

कठ्यांग्रिँदो चिसोले रौतहटको जनजीवन अत्यन्त कष्टकर  बनेको छ । बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो ।

मौसम बदली भई अचानक बढेको कठ्यांग्रिँदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुमबासी परिवार बढी प्रभावित भएका छन् ।शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि न्यानाे ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्यांग्रिँएरै बस्न बाध्य भएका हुन् । यसैगरी चौपाया र पशुपक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन् ।

बिहान पानी परेझैँ शीत (तुषारो) झरेको छ । न्यानो कपडा नभएको र आगो ताप्न काठ–दाउरासमेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिँएरै दिनचर्या काट्न बाध्य छन् । चिसोले घरपालुवा पशुपक्षी, ससाना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्ति बढी प्रभावित भएका छन् । कठ्यांग्रिँदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवारलाई धेरै असर गरेको छ । चिसो छल्न झुप्रा बस्तीका प्रत्येकजसो घर र चोक–चौतारामा स्थानीय आगो बालेर तापिरहेका छन् ।

त्यस्ता व्यक्तिहरू चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूले सुझाएका छन् । हुस्सु र शीतलहरले तोरी, लहरी, चना, मुसुरो, गोलभेंडा, आलुलगायत बालीमा रोग र किराको प्रकोप देखिने भन्दै किसान चिन्तित बनेका छन् ।

See More On

सुझावित समाचार