ओलेड टिभी ‘सिवान सिरिज’ नेपाली बजारमा

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

चौधरी ग्रुपले ओलेड टिभी नेपाली बजारमा ल्याएको छ । संसारकै नं १ टिभी रहेको दाबी गरिएको यो टिभी मीनभवनको एलजी सोरुममा सार्वजनिक गरिएको हो ।टिभीले संसारकै सर्वाधिक पुरस्कार पाएको र ओलेड श्रेणीमा लगातार आठ वर्षदेखि संसारकै नं १ ओलेड टिभीका रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ । 

यसमा भएका ८३ लाखवटा सेल्फ लिड ओलेड पिक्सेल्सले आफ्नै लाइट निकाल्ने हुँदा चाहेका वेलामा अन हुने र अरू वेला स्वतः अफ हुने हुँदा साधारण लेड टिभीको तुलनामा हजारौँ गुणा फास्टर रेस्पोन्स टाइम, सय गुणा डार्कर ब्ल्याक, विलियन्स रिच कलरका साथै प्राकृतिकजस्तो भिभिड कलरले उच्च गुणस्तरको चित्र प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । 

यसको नयाँ अत्याधुनिक चिपले सामग्रीको विश्लेषण गर्न गहिरो अध्ययन गर्ने एलगोरिदमहरूको प्रयोग गर्ने हुनाले तस्बिर र ध्वनिमा प्रत्येक समायोजन स्वचालित हुने जनाइएको छ । डल्वी भिजन आइक्यूले सामग्री विधा र परिवेशका आधारमा तस्बिर सेटिङहरूलाई आफैँ समायोजन गर्ने कम्पनीको भनाइ छ । 

त्यस्तै, डल्वी एटमसले बहुआयामिक ध्वनि प्रदान गर्ने कम्पनीको दाबी छ । यसको अनुभव विशेष गरी ठूलो स्क्रिनको सिनेमा, गेमिङ संसारका लागि पोर्टल र उत्कृष्ट खेलकुद घटनाहरूको अगाडिको सिटमा बसेको जस्तै हुने कम्पनीले जनाएको छ । यसको छिटो प्रतिक्रिया, नवीनतम गेमिङ सुविधा, १२० हर्ज डिस्प्लेले गेममा सहजता प्रदान गर्ने जनाइएको छ । 

सुझावित समाचार