सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसिसीबारे निर्णय हुन्छ : माधव नेपाल

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन्। 

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसिसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे । 

‘एमसिसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीच बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ,’ अध्यक्ष नेपालले भने, ‘सबै पार्टीको विचार आउनुपर्यो।’ उनले  सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसिसीबारे निर्णय हुने जिकिर गरे। 

सुझावित समाचार