सिजी ब्रुअरीको टिमुर बियर

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ । कम्पनीले उत्पादन गर्दै आएको ‘नेपाल आइस’ ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको सम्मिश्रणबाट तयार पारिएको कम्पनीको दाबी छ ।

सिजी ब्रुअरीले वेला–वेलामा आफ्ना बियरका पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको जनाएको छ । यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय साबित हुँदै आएको कम्पनीको भनाइ छ । टिमुरको स्वादमा उत्पादन गरिएको योे बियरले उपभोक्तालाई भरपूर सन्तुष्टि दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिन उपभोग गरिँदै आएकाले टिमुरको सम्मिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउन उत्कृष्ट मानिएको कम्पनीको दाबी छ । यो बियर ६५० मिलि र ३३० मिलि बोतलमा बजारमा उपलब्ध छ । ६५० मिलि बोतलको उपभोक्ता मूल्य तीन सय ४० रुपैयाँ र ३३० मिलि बोतलको उपभोक्ता मूल्य एक सय ७५ रुपैयाँ रहेको जनाइएको छ । 

सुझावित समाचार