शेखरको आग्रह : विवेक प्रयोग गरेर मतदान गर्नुहोस्

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति उम्मेदवार डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्। उनले दोस्रो चरणको मतदानमा आफू विजयी हुने विश्वास व्यक्त गरे। 
कांग्रेसलाई परिवर्तन गर्ने आफू र आफ्नो समूहको प्रतिबद्धता रहेकोले आन्तरआत्माले के भन्छ त्यो मतदानमा प्रतिबिम्बित गर्न उनले आग्रह गरे। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि आज साढे ३ बजेबाट सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै छ। दोस्रो चरणमा कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धामा छन्। 

सुझावित समाचार