अनलाइन सपिङ प्लेटफर्म दराजले वर्षकै अन्तिम सेल अभियान १२.१२ सुरु गरेको छ । कम्पनीले ११.११ अभियान सफल भएको निष्कर्षसहित दराज १२.१२ अभियान घोषणा गरेको हो । १२.१२ अभियानमा दराज उपभोक्ताले विशेष छुट, चार हजार रुपैयाँको मेगा भौचर र बैंक कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको थप छुट पाउने जनाइएको छ । यस अभियानमा सन्राइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्डधारकले क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँ तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट पाउने जनाएको छ ।
त्यस्तै, ग्राहकले अभियान अवधिभर आफ्नो इसेवा र आइएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउने उल्लेख छ । यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सिजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले फ्यासन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणलगायतका १३ लाखभन्दा बढी उत्पादनमा पनि विशेष डिल र अफरहरू रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, अभियानमा ‘एक खेल एक रुपैयाँको’ नामक खेलमा ग्राहकले केवल एक रुपैयाँमा श्री बालाजीको हीराको टप, एन्या गितार, रियल मिनार्जो, हाई ग्राउन्ड एडभेन्चर जिपलाइनर बन्जी, वल्र्ड लिंकको तीन सय एमबिपिएसको १२ महिना टिभी र इन्टरनेटजस्ता पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । त्यस्तै, नयाँ दराज प्रयोगकर्ताले १२.१२ मा किनमेल गरेबापत रियलमी ८ स्मार्ट फोन तथा मेगा–गिभवेअन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वासिङ मेसिन जित्न सक्ने जनाइएको छ ।