दाङमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीका अनुसार दूध बेचर घर फर्किदै गरेका लमही नगरपालिका वडा नं ७ वनघुस्रीनिवासी ५५ वर्षीय रामचरण चौधरीको बसको ठक्करबाट आइतबार मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बन्गै जंगल क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले बिहान सवा ६ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमहीस्थित लमही अस्पताल
पु–याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। गोरुलाई ठक्कर दिएर अनियन्त्रित भएको बसले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।