एमाले उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको उम्मेदवारी

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

एमालेको जारी दशाैँ राष्ट्रिय महाधिवेशनमा घनश्याम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । साेमबार बिहान १० बजे  उपाध्यक्षमा भुसाल र  सचिव पदमा आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । 

कोभिडका कारण आइसोलेसनमा रहेका आचार्यले  पार्टीलाई एकताबद्ध बनाउन, निर्वाचनमा विजयी बनाउन र लोकतान्त्रिक पद्धतिको रक्षाका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा तीन सय एक केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छानेपछि त्यसमा नपरेका  रावलले अध्यक्ष, भुसालले उपाध्यक्ष र आचार्यले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।  

See More On

सुझावित समाचार