नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशौँ महाधिवेशनको बन्दसत्रमा प्रवेश गरेका छन्। बिहान १० बजेबाट सुरु हुने भनेको बन्दसत्रको हलमा ओली रातिको १० बजे आइपुगेका हुन्।
होटेल सफारीबाट बन्दसत्रमा ओली आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए। ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए।पदाधिकारीमा सहमति जुटाउन नसक्दा बन्दसत्र ढिला गरी सुरु भएको हो। ओली हलमा प्रवेश गरेको १० मिनेटमा बन्दसत्र सुरु भएको थियो।
अहिले अध्यक्षमण्डलको बैठकसमेत सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। अध्यक्षमण्डलले निर्वाचनको कार्यतालिका बनाउनेछ।