दुर्घटनामा दुई तीर्थालुको मृत्यु

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

धनुषा र सिरहा भएर बग्ने कमला नदीमा कात्तिक पूर्णिमामा लाग्ने भूत मेला हेर्न जाँदै गरेका दुई तीर्थालुको ट्याक्टर दुर्घटना मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । 

बिहीबार साँझ धनुषाको विदेह नगरपालिका– ७ बेलापट्टीमा पुलमा अभरटेक गर्ने क्रममा अनटेस्ट नेपाली नम्बरको ट्याक्टर पल्टिँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार राज्यको सीतामढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र सोही स्थानका ४५ वर्षीय अस्मिता देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

घाइते १८ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सवार अधिकांश तीर्थालु भारतीय रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्तकुमार रजौरले बताए । दुर्घटनालगतै चालक फरार भएको उनले बताए । 

घाइतेहरूको प्रदेशिक अस्पताल जनकपुर र रामजानकी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सुझावित समाचार