गणपतिको ‘विवाह उत्सव’ योजना

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

 विवाहको मौसमलाई लक्षित गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । कम्पनीले वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटेलमा बस्ने सुविधाको योजना ल्याएको हो । 

योजना दुई महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले बताए । उनले भने, ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई आग्रह गर्दै छौँ ।’ गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको जनाएको छ ।

ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मीठो सम्झनाको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरेका छन् । योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने उनको भनाइ छ । यस्तै योजना आगामी दिनहरूमा पनि ल्याउने तयारीमा रहेको बेगानीले बताए । 

सुझावित समाचार