सर्वोच्च बार अध्यक्ष शाक्य भन्छन्– प्रधानन्यायाधीशले चोरबाटो प्रयोग गरे, त्यसको वैधता छैन

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरू मर्नुपर्ने अवस्था आए पनि आन्दोलन जारी राख्ने बताएका छन्। सर्वोच्च अदालत परिसरमा धर्नापछिको कार्यक्रममा शाक्यले केही हप्तादेखि आफूहरूले काम गर्न नपाएको भन्दै यस्तो बताएका हुन्।

बारले मूल गेटमा धर्ना दिने भन्नुको अर्थ अर्को बाटोबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रवेश दिने भन्ने नरहेको उनले प्रस्ट पारेका छन्। जबराले चोरबाटो प्रयोग गरेको भन्दै शाक्यले त्यसको वैधतामाथि प्रश्न उठाए। ‘मूल गेटमा धर्ना भनेको अर्को गेटबाट प्रवेश दिएको होइन। उहाँले चोर बाटोबाट प्रवेश गर्नुभएको हो। यसको कुनै वैधता छैन,’ शाक्यले भने, ‘हामीले पनि हप्तादेखि काम गर्न पाएका छैनौँ। हामी भोकभोकै मर्न तयार छौँ। तर,  आन्दोलन जारी रहन्छ।’

सुझावित समाचार