दराजको सेलमा ३५ सयसम्मको कार्ड डिस्काउन्ट, ११ हजारसम्मको भौचर छुट

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजकाे एकदिने सेल ११ः११ सुरु भएको छ। यो अभियान आधिकारिक रूपमा कात्तिक २४ को मध्यरातमा सुरु भएको हो। विगतका वर्षहरूभन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले बताएको छ। एस अभियानको मुख्य हाइलाइटहरू भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, ११,००० सम्मको मेगा भाउचर, प्रि पेमेन्टमा १५ प्रतिशत अधिकतम र ३५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ। 

थप हाइलाइटहरूमा एड टु कार्ट, फलो एन्ड विन, रिभिउ एन्ड विन, नयाँ युइजर भाउचर, रिफर एन्ड विन र दराज जेम्स रहेका छन्। बैंक छुटको सन्दर्भमा, ११ः११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार र क्रेडिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार पाँच सय बचत गर्न सक्नेछन्। नबिल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, बैंक अफ काठमाडौं, मेगा बैंक, एनसिसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्ने दराजले जनाएको छ। 

आइएमई–पे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम रु. ११११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। 

यस वर्षको ११ः११ मा नयाँ रियलमी जिटिनियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स  र प्रस्तावहरू रहेको छ। सामसङ, फिलिप्स, रोटो, सिजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेष छुट दिने जानकारी सँगसँगै टिभिएस, कोकाकोला र सनसिल्क ११ः११का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ। 

सुझावित समाचार