देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसीभैलो राति ९ बजेपछि खेल्न नपाइने बताएकाे छ। प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ। 
पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ। मठमन्दिर, गुम्बालगायतका स्थलमा भिडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ।
 
 

सुझावित समाचार