चेन्नई सुपर किंग्सलाई आइपिएलको उपाधि

शनिबार, ३० असोज, २०७८
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ।  शुक्रबार राति कोलकाता नाइड राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले उपाधि जितेको हो।

फाइनलमा कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नई चौथोपटक आइपिएलको च्याम्पियन बनेको छ। च्याम्पियन बनेसँगै चेन्नईले १० करोड र उपविजेता कोलकाताले ६ करोड २५ लाख भारतीय रुपैयाँ प्राप्त गरेका छन्। 

सुझावित समाचार