नेपालविरुद्ध बंगलादेशको अग्रता

बुधबार, २७ असोज, २०७८
डिजिटल संस्करण

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप फुटबलअन्तर्गत जारी नेपाल र बंगलादेशबीचको खेलमा बंगलादेशले सुरुवाती गोल गरेको छ । माल्दिभ्सको मालेमा जारी खेलको आठौँ मिनेटमा सुमन रेजाले बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

यसअघि गत आइतबार नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । फाइनल प्रवेशका लागि नेपाल आजको खेलमा कुनै पनि हालतमा बराबरी गर्नुपर्ने दबाबमा छ ।

सुझावित समाचार