महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो। महामन्त्री खड्का असोज १२ गते अस्पताल भर्ना भएका थिए।

सुझावित समाचार