पर्सा र बाँकेसहित चार जिल्लाका सिडिओ फेरिए

शनिबार, २३ असोज, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बाँके, पर्सा, रौतहट र सुनसरीका सिडिओको सरुवा भएको हो ।

पर्सामा उमेश ढकाललाई पठाइएको छ । उनी सुनसरीमा सिडिओका रूपमा कार्यरत थिए । रौतहटमा सिडिओका रूपमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरीको सिडिओ बनाइएको छ । त्यस्तै, बाँकेमा उपसचिव सूर्य खत्रीलाई कामु सिडिओका रूपमा पठाइएको छ । उनी गत महिना मात्र उद्योगबाट गृहमा आएका थिए ।

पर्साका सिडिओ पीताम्बर घिमिरे,  बाँकेका सिडिओ शिवराम गेलाल गृह मन्त्रालयबाट बाहिरिएका छन् । गृहले गत साता मात्र एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको थियो ।

सुझावित समाचार