नेकपा एमालेका अध्यक्ष केपी ओलीले विधान महाधिवेशनमा तामझाम देखियो भन्नु पनि हमलाको भिन्न रूप भएको बताएका छन्। राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीमाथि चौतर्फी हमला भइरहेको बताए।
विधान महाधिवेशनमा ब्यानर, झन्डा देखिए, तामझाम देखियो भनेर विरोधीले छाती पिटेको उनको भनाइ थियो। उनले आफूहरू व्यक्तिपूजक र मूर्तिपूजक नभएको बताए। एमालेले आफ्नो संगठन र कार्यकर्तापंक्तिलाई विश्वास गर्ने बताउँदै ओलीले त्यसले मात्र पार्टी बन्ने बताए। एमालेले धर्मान्धतामा विश्वास नगर्ने पनि प्रस्ट पारे।