इथियोपियाको हिंसाविरुद्ध किन बोल्दैन विश्व ?

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

इथियोपियाको मानवीय संकट रोक्न ठूला प्रदर्शन र विश्वनेताहरूको पहलकदमी कुरिरहेको समयमा हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय तहबाट संयुक्त विज्ञप्तिसम्म नआउनु विडम्बना हो


तालिबानको कब्जामा पर्दा स्वभावतः अफगानिस्तानले विश्वको ध्यान खिचेको छ र थुप्रै मानिसलाई क्रुद्ध बनाएको छ । महिला अधिकार एवं नागरिक अधिकारलाई इस्लामिक अतिवादले किनारा लगाइदिएको छ । त्यससँगै अफगानिस्तानमा विकसित राजनीतिक परिस्थितिले क्षेत्रीय सन्तुलनमा पारेको असरले

पनि विश्वलाई तरंगित पारेको छ । तर, अफगानिस्तान जस्तै चरम हिंसाबीच गुज्रिरहेको इथियोपियामा तुलानात्मक रूपमा विश्वको ध्यान पुग्न सकेको छैन। इथियोपियामा भइरहेको विध्वंसात्मक हिंसाले लाखौँ मानिसलाई प्रभाव पारिरहेको छ र उत्तर अफ्रिकाको स्थायित्वलाई पनि खतरामा पारिदिएको छ । 

सन् २०२० नोभेम्बरदेखि प्रधानमन्त्री अबी अहमदको सरकार र इथियोपियाको उत्तरका पहाडी क्षेत्रका लडाकुबीचको तनावले इथियोपियामा युद्ध निम्तिएको छ । यस द्वन्द्वमा हजारौँ इथियोपियालीको मृत्यु भएको छ र तिनको हत्याका प्रमाण पनि सतहमा आएका छन् । २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने तीन लाख ५० हजारभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका छन् । थप लाखौँ मानिसलाई तत्काल खाद्य सहायता आवश्यक देखिन्छ । तर, निरन्तर युद्ध र संघीय सरकारले लादेको कर्मचारीतन्त्रको झमेला एवं मानवीय सहायता रोक्ने कदमले इथियोपियामा जन्माएको नैराश्यमा विश्व समुदायको ध्यान पुग्न सकिरहेको छैन ।    

हामी सन्त्रासलाई नजिकैबाट नियालिरहेका छौँ । मानवीय सहायता गर्ने विभिन्न समूहका अनुसार इथियोपियाली सेनाका सदस्य, छिमेकी इरिट्रिया र अन्य लडाकु समूहले महिला र किशोरीको शरीरलाई युद्धमैदान बनाइदिएका छन् । एकल वा सामूहिक बलात्कार, यौन दासत्व, यातना एवं अपमान यो संकटबाट आएका सबैभन्दा घिनलाग्दा परिणाम हुन् । संयुक्त राष्ट्र संघकी एक उच्च अधिकारी प्रमिला पाटेनले गत अप्रिलमा महिला एवं किशोरीमाथि भएको यौन दुव्र्यवहारले ‘क्रूरताको पराकाष्ठा नाघेको’ बताएकी छिन् ।

मिडिया रिपोर्टअनुसार पीडित महिलाको शरीरबाट ढुंगा, काँटीजस्ता पदार्थ भेटिएकोसमेत देखिएको छ । त्यही भएर हामी विश्व समुदायलाई पुनः प्रश्न गर्छौं, खै यो मामिलामा आक्रोश ? एमनेस्टी इन्टरनेसनलका अनुसार जम्मा तीन महिनामा इथियोपियाका स्वास्थ्य संस्थामा यौनहिंसाका हजारभन्दा बढी मामिला दर्ज भएका छन् र यो आँकडा यथार्थभन्दा निकै कम हो । अधिकांश पीडित डर र सामाजिक लाञ्छनाका कारण आफूले भोगेको हिंसाको उजुरी गर्नसमेत हिच्किचाउँछन् ।

टिग्रे विश्व जगत्बाट अलग भएको छ र वेलावेलामा बिजुली एवं सञ्चारबाट पनि वञ्चित भइरहन्छ । विश्वका मिडिया एवं सहयोगी संस्थाले टिग्रेमा भइरहेको बीभत्स शृंखलाहरूमा पहुँच पाउन नसकेको हामीलाई थाहा छ । यद्यपि पहुँच नपाइरहेको खबर पनि विश्व जगत्माझ पुग्न सकेको छैन । दिनानुदिन अवस्था प्रतिकूल हुँदै गर्दा लाखौँ अफ्रिकीको पीडाले विश्वव्यापी रूपमा मानिसलाई झकझक्याउने आशा गरेका थियौँ ।

यो मानवीय संकटले ठूलो प्रदर्शन, सामाजिक सञ्जालमा बुलन्द आवाज र संकट रोक्न विश्व नेताहरूको पहलकदमी कुरिरहेका थियौँ । तर, हालसम्म हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय तहबाट संयुक्त विज्ञप्तिसम्म आएको छैन । जहाँ ठोस पहलकदमी लिइनुपथ्र्यो, त्यहाँ मूलतः मौनता देखिन्छ र छिटफुट पहलकदमी पनि अपूरो छ । राष्ट्रपति जो बाइडेनले इथियोपियामा लगाएको नाकाबन्दी पनि यही अपूरो पहलकदमीमध्ये एक हो । 

इथियोपिया र टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले यो द्वन्द्व निवारण गर्ने गरी वार्ता गर्ने र त्यहाँ अत्यावश्यक मानवीय सहायता पु¥याउन मार्गप्रशस्त हुने आशा धेरै पहिले गरेका थियौँ । हाम्रा आशाविपरीत द्वन्द्व थप डरलाग्दो हुँदै गइरहेको छ । टिग्रेबाट सुरु भएको युद्ध अन्य छिमेकी क्षेत्रमा फैलिरहेको छ ।

खतरनाक साझेदारीको निर्माण भइरहेको छ र रणक्षेत्र बढ्दै गइरहेको देखिन्छ । प्रधानमन्त्री अबिले शारीरिक रूपमा सक्षम सम्पूर्ण जनतालाई टिपिएलएफलाई नामेट गर्न आह्वान गरेका छन् । पछिल्ला केही सातामा टिग्रेका विद्रोही ओरोमो क्षेत्रका सरकारविरोधी शक्तिसँग साझेदारी गरिरहेका छन् । इथियोपिया अहिले गृहयुद्धको चपेटामा पर्न लागेको छ । सम्भावित गृहयुद्धले अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको मुलुकलाई तहसनहस मात्रै गर्नेछैन, यसले छिमेकी इरिट्रिया,

सुडान, इजिप्ट र सोमालियालाई समेत भयंकर असर गर्ने देखिन्छ । वास्तवमा इथियोपिया द्वन्द्वले सम्पूर्ण महादेशलाई असर पार्ने देखिन्छ ।                               
द्वन्द्व बढ्ने सम्भावना अत्यधिक रहेकाले यसमा ध्यान पु¥याउन अत्यावश्यक छ । अफ्रिकाका अभियन्ता, मिडिया, खेलकुद, कला एवं मनोरञ्जन क्षेत्रका मानिस एक ठाउँमा आएका छन् । अफ्रिकी भएका नाताले मिडिया, कला जस्ता मञ्च प्रयोग गरेर इथियोपियाका जनताले भोगिरहेको हिंसाविरुद्ध बोल्नु हाम्रो कर्तव्य हो । अफ्रिकाको सबैभन्दा पुरानो स्वतन्त्र मुलुकमा भइरहेको जातीय द्वन्द्व एवं मानवताविरोधी अपराधलाई टुलुटुलु हेरेर बस्न सक्दैनौँ ।

हामी युद्धरत दुवै पक्षलाई युद्धविराम गराएर तुरुन्तै प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्छौं । हामी अफ्रिकन युनियन, संयुक्त राष्ट्र संघ र अमेरिकी सरकारले इथियोपियाका द्वन्द्वरत पक्षलाई वार्तामा ल्याउन र यौनहिंसा अन्त्य एवं मिडिया स्वतन्त्रताको प्रत्याभूतिका लागि थप पहल गरून् भन्ने अपेक्षा गर्छौं । जर्ज फ्लोएड हत्याका वेला अमेरिकीहरू एकसाथ आउँदाको सामथ्र्यलाई हामीले देखेका छौँ अर्थात् अन्यायविरुद्ध सामूहिक पहलकदमीबाट न्याय पाउन सम्भव हुने देखेका छौँ । अहिलेको इथियोपियाको प्रतिकूल अवस्थाले हामी सब एक ठाउँमा आउनुपर्ने आवश्यकतालाई थप टड्कारो बनाइदिएको छ। सिएनएनबाट  

सुझावित समाचार