रेनोको दसैँ योजना ‘शुभ कार–रम्भ’

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

 नेपालमा रेनो गाडीहरूको आधिकारिक विक्रेता एड्भान्स्ड अटोमोबाइल्सले दसैँको अवसर पारेर ‘रोनो शुभ कार–रम्भ’ नामक योजना ल्याएको छ । कम्पनीले ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’ नामक ट्यागलाइनका साथ योजना ल्याएको हो । 

योजनाअनुसार रेनो गाडीको खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्म नगद फाइदा लिन सक्ने जनाइएको छ । योजनामा सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टीजस्ता सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यी अफरहरू ग्राहकको खुसीका महत्वपूर्ण पलहरू हुने कम्पनीको दाबी छ । योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार