साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा झरेको छ।
यस्तै, आज ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ। कुल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँमा कारोबार भए। आजको कारोबारपछि बजार पुँजीकरण ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजार रुपैयाँको हाराहारीमा रहेको छ।
नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरू १२ वटा उपसमूहको सेयर ओरालो लागेको छ। सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटेल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बिमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बिमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार ६ सय ५५ रुपैयाँबराबरको कारोबार भयो। यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३१ करोड ८८ लाख ९९ हजार ५०० रुपैयाँ, नेपाल बैंक २१ करोड ३४ लाख ९५ हजार ३१३ रुपैयाँ, कामना सेवा विकास बैंक २० करोड ५८ लाख ६२ हजार २ सय ५० रुपैयाँ, नेसनल हाइड्रोपावर १७ करोड ८३ लाख ७६ हजार ८९४ रुपैयाँ र मेघा बैंक १७ करोड ७० लाख ९१ हजार दुई सय ४० रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। यस्तै, हालै मात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा ६.०३ प्रतिशतले वृद्धि भएको छ भने सिटिजन म्युचुअल फन्ड एकको ३.४०, सनराइज फर्स्ट म्युचुअल फन्डको २.३१ प्रतिशतले वृद्धि भएको छ।
आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेस्ट फाइनान्स कम्पनी ७.६०, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए। रासस