जोरपाटीबाट लाखौँ नगदसहित २० जुवाडे पक्राउ

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण

काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले चार लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ।

जुवातास खेलिरहेका अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुन्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका हुन् । 

उनीहरूका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

See More On

सुझावित समाचार