एमालेबाट दक्षिणपन्थीहरू अलग भएका हुन् : बादल

बिहिबार, ३१ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले पार्टीबाट दक्षिणपन्थी धारा अलग भएको बताएका छन्। एमाले काठमाडौं जिल्लाको प्रशिक्षणमा बोल्दै बादलले ०७५ असार ३ गतेपछि समाजवादको आन्दोलनलाई अगाडि बढाउने कि यथास्थितिमै राख्ने भन्ने संघर्ष पार्टीमा चलेको बताए। यस्तो दुईलाइन संघर्षमा पुँजीवादी धारा देखिएको र पार्टीभित्रको पुँजीवादी धाराले नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्त गर्न सफल भएको उनको भनाइ छ। सरकारलाई गिराउन त्यो धाराले अदालतको परमादेशको सहारा लिएको उनको आरोप छ।

माधव नेपालतर्फ इंगित गर्दै उनले दक्षिणपन्थी धारा अन्तर्घात गर्दै पार्टीबाट अलग भएको बताए। उनले यसलाई राजनीतिक प्रतिगमन र षड्यन्त्रको संज्ञा दिए। राजकीय सत्तामा नेकपा एमालेलाई स्थापना गर्ने दिशामा अघि बढ्न उनले आग्रह गरे।
 

See More On

सुझावित समाचार