एनबिआई र कामना सेवाबीच सम्झौता

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने जनाइएको छ ।

सम्झौतामा कामनाका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेको जनाइएको छ । 

सुझावित समाचार