धादिङको गजुरी गाउँपालिकामा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गजुरी– ५ बञ्चरेडाँडामा एनसेलको तार छिनेर बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएको करेन्ट लागेर दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।
मृत्यु हुनेमा स्याङ्जाका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन्। घाइते भएका पोखराका भुवन बराललाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी खड्काले बताए ।