एमाले स्थायी कमिटी बैठक ३ बजेका लागि सर्‍यो

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजेका लागि सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने जनाइएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा दिउँसो ३ बजे बस्नेछ। सोमबार एमाले अध्यक्ष केपी ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १०बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ।

तयारी नपुगेको भन्दै चार घन्टापछि सुरु हुने गरी बैठकको समय सारिएको हो।

सुझावित समाचार