दराज मल फेस्टिभलमा कार्डमार्फत भुक्तानी गर्नेलाई छुट

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजले ‘दराजमल फेस्टिभल’ सुरु गरेको छ । कम्पनीले एड टू कार्ड, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा छुट, इमेज रिभियू एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा साओमी एमआई ११ एक्स प्रो फाइभ जी स्मार्ट फोनका साथै विभिन्न पुरस्कारसहितको फेस्टिभल सुरु गरेको हो । 

दराजले सुरु गरेको अनलाइन सपिङ मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३ सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान रहेको जनाइएको छ । कम्पनीले बारअनुसार फरक–फरक बैंकका ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट दिने उल्लेख गरेको छ ।

जसअनुसार सोमबार सानिमा बैंकको, बुधबार एनआइसी एसिया बैंकको, बिहीबार माछापुच्छ्रे बैंकको, बिहीबार मेगा बैंकको डेबिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, बिहीबार हिमालयन बैंकको, शुक्रबार नबिल बैंकको र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ छुट पाउने जनाइएको छ । त्यस्तै, पहिलोपटक भिसा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नेले २० प्रतिशतसम्म तथा डेबिट कार्डबाट भुक्तानी गर्नेले १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

एनआइसी एसिया बैंक, सन्राइज बैंक, सिटिजन्स बैंक र माछापुच्छे« बैंकका ग्राहकहरूले सजिलो मासिक किस्ता सेवामार्फत शून्य डाउन पेमेन्ट तथा शून्य ब्याजमा किस्ताबन्दी रूपमा खरिद गर्न सक्ने कम्पनीले 
जनाएको छ ।

See More On

सुझावित समाचार