नयाँ दल दर्ताका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताको निवेदन दिन नेपाल हितका नेताहरू आयोगमा पुगेका हुन् ।
आयोगमा नेताहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत पुगेका छन् । नेपाल समूहले नेकपा एमाले (समाजवादी) नाम र खुला किताब चिह्नमा पार्टी दर्ता गर्ने भएको छ ।