मुख्यमन्त्री पौडेलले राजीनामा दिने

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने भएका छन्। बागमती प्रदेश संसदीय दलको बसिरहेको बैठकबाट दलको नेता परिवर्तन गरेर अष्टलक्ष्मी शाक्यलाई बनाउने तयारी गरिएको छ। माधव नेपाल पक्षमा रहेकी उनलाई मुख्यमन्त्री बनाउने तयारीका साथ पौडेलले राजीनामा दिन लागेका हुन्। 

शाक्यले विभाजनको अन्तिम समयमा धार परिवर्तन गरेपछि बागमतीमा नयाँ राजनीतिक घटनाक्रम विकास हुन लागेको हो। 

आजै मुख्यमन्त्री पौडेलले राजीनामा दिने तयारी गरेको सांसद रचना खड्काले बताइन्। आजकै संसदीय दलले नयाँ नेता चयन गर्ने तयारी गरेको उनको भनाइ छ। उनका अनुसार आजै बेलुका वा भोलिसम्म सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना छ।
 

सुझावित समाचार