‘अध्यादेश ल्याएर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भयो’

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यादेशले मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेल्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत एक टिप्पणी सार्वजनिक गर्दै भट्टराईले अध्यादेश ल्याएर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको प्रस्ट पारे।

‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ,’ नेता भट्टराईले लेखेका छन्, ‘विगतको फोहोरी राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता हो ।’ 

सुझावित समाचार