देशभर सामान्यदेखि पूर्ण बदली भई मध्यम वर्षाको सम्भावना

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, रातिको समयमा  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार