डाँका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

दुईवटा डाँका मुद्दामा १५ वर्ष कैद र दुई लाख  रुपैयाँ सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । 

धनकुटा जिल्ला अदालतबाट ०६२ साल साउन र भदौ महिनामा दुईवटा डाँका मुद्दामा कुल १५ वर्ष कैद र  दुई लाख पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका फरार अभियक्त  पदम विश्वकर्मालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले विश्वकर्मालाई मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीबाट २९ साउनमा  पक्राउ गरेर  कैद सजाय भुक्तानका लागि जिल्ला अदालत मोरङमा बुझाएको मोरङ प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार