प्रहरीकै गाडीबाट हाम फालेर भागे अभियुक्त

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

 कोरोना परीक्षणका लागि अस्पताल  गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् । जबर्जस्ती करणी मुद्दाका अभियुक्त विनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् । 

महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पिसिआर परीक्षणका लागि वीर अस्पताल लगेको थियो । अस्पतालबाट फर्कने क्रममा न्युरोडमा उनी भागेका हुन् । प्रहरीको गाडी जाममा परेको वेला उनी गाडीबाट हाम फालेर भागेको  र उनको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।  

उनलाई अस्पताल लैजाने जिम्मेवारी पाएका प्रहरीमाथि समेत छानबिन सुरु गरिएको काठमाडौं परिसरले जनाएको छ ।

सुझावित समाचार