फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लोपटक फिफाको वरीयता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ वरीयतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८८औँ स्थानमा छ भने भुटान १८७औँ स्थानमा छ । त्यस्तै, पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलंका २०५औँ स्थानमा छ ।
बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी, फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छन् । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा रहेका छन् ।
फिफा वरीयतामा नेपालको तीन स्थान सुधार
नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने
४ हप्ता अघि
सुझावित समाचार
क्यानडाको जितले दबाबमा नेपाल
काठमाडौं/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानडाले ओमानलाई ५८ रनले पराजित गरेपछि नेपाल दबाबमा आएको छ । ओमानको अल अमे…
ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्…
विवादित शाहसँगै पाँच संघका प्रतिनिधिलाई राखेपले बोलायो फिर्ता
सरकारले क्रिकेटको जानकारलाई बाहिर राखेर असम्बन्धित व्यक्तिलाई क्यानमा नियुक्ति दिएको भन्दै चर्काे आलोचना भएको थियो
रियल म्याड्रिडको सनसनीपूर्ण प्रदर्शन
२७ वर्षीय एमबाप्पे च्याम्पियन्स लिगमा सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने, यसअघि अर्जेन्टिनाका लियोनल मेसीले यो कीर्तिमान बनाएका थिए
एनपिएलमा चर्चित विदेशी अनुहार : पाकिस्तानका मिरले चितवन राइनोजबाट खेल्ने
एनपिएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ, जसमध्ये चार खेलाडी मैदानमा उतार्न सकिनेछ
दसौँ राष्ट्रिय खेलकुद : ३२ खेलमै बागमतीका ६५६ खेलाडी सहभागी हुने
बागमती प्रदेशले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास…