चट्याङबाट गुल्मीको इस्मा र मालिकाका दुईको मृत्यु, ६ जना घाइते

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

गुल्मीको इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुईजनाको ज्यान गएको छ । चट्याङले इस्मा गाउँपालिका– ४ का ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको छ।

उनी घरमै बसिरहेका थिए । त्यस्तै, मालिका– २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । प्रतेलको घरसमेत चट्याङले ढलेको छ ।

चट्याङले मृतक गन्धर्वका बुबा ४२ वर्षीय रामबहादुर गन्धर्व, मालारानीकी २४ वर्षीया रूपा र नाै वर्षीय किस्मत नेपाली, ढाँडकी  १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीया शर्मिला खत्री घाइते भएको पाण्डेयले बताए । घाइतेमध्ये रामबहादुर, रूपा र किस्मतको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

See More On

सुझावित समाचार