एकै दिन ७५ युनिट स्कोडा कुसाक डेलिभरी

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुधबार काठमाडौंलगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुसाक डेलिभरी दिएको छ । एमएडब्लूले दुई साताअघि उक्त गाडी सार्वजनिक गरेर बुधबार डेलिभरी दिएको हो । 

अर्डरका आधारमा यो गाडीलार्ई नेपाली अटोबजारले सहर्ष स्विकारेको कम्पनीको दाबी छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुसाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगत्मा प्रभावकारी उपस्थिति जनाइसकेको कम्पनीले जनाएको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुसाकको टेस्ट ड्राइभ तथा बुकिङ देशभरका स्कोडा सोरुमबाट गर्न सकिने जनाइएको छ ।

स्कोडा कुसाक १ सय ५३ वटाभन्दा बढी बुकिङ भइसकेको एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ । स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले ‘कुसाकमा विश्वमै लोकप्रिय टिएसआई प्रविधिको इन्जिन रहेको बताए । यो इन्जिन पर्फर्मेन्स, इफिसेन्सी, रिफाइन्मेन्ट र आउटपुटको राम्रो समीश्रण रहेको उनको भनाइ छ । रोबस्ट र मस्कुलर देखिने कुसाकको इन्टेरियर सुन्दरता र आधुनिकताको समीश्रण रहेको जनाइएको छ । 

सुझावित समाचार