थपिए खोप केन्द्र

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाउनेको भिड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  

उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार चार सय ३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार चार सय २२ पुर्याइएको छ । यस्तै, काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरि  एक सय ४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । 

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

See More On

सुझावित समाचार