‘प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नेबारे थप छलफल आवश्यक’

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक तहमा थप छलफल आवश्यक रहेको जनाएको छ।

निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि रास्वपा प्रवक्ता एवं सांसद जगदीश खरेलले दुवै निर्वाचन एकैपटक गर्दा हुने फाइदा र चुनौतीबारे प्रारम्भिक छलफल भएको जानकारी दिए।

खरेलका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन मंसिरको पहिलो साता गर्नुपर्ने अवस्था छ।

दुवै निर्वाचन एकैपटक सम्भव भए–नभएको विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रसहित सरकार, निर्वाचन आयोग र राजनीतिक दलबिच थप छलफल हुने उनले बताए।

शुक्रबारको बैठक प्रारम्भिक छलफल मात्रै भएकाले यसैका आधारमा रास्वपाको आधिकारिक धारणा तय नभएको खरेलको भनाइ छ।

सुझावित समाचार